कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुख्खा पहिरोमा मोटरसाइकल र स्कुटर पर्दा तीन जना घाइते

रमेशकुमार पौडेल

चितवन — नारायणगढ-मुग्लिन सडकको सुख्खा पहिरोमा परी मोटरसाइकल र स्कुटरमा रहेका तीन जना घाइते भएका छन् । इच्छाकामना गाउँपालिका-६  चार किलोको सुख्खा पहिरोमा शनिबार साँढे ५ बजे उक्त घटना भएको थियो । उक्त ठाउँमा बिहान ११ बजेर ३५ मिनेट जाँदा पहिरो गएको थियो ।

पहिरो सफा गरेर दुईतर्फी गाडी चल्न सुरू भएलगत्तै फेरि खसेको सुख्खा पहिरोमा स्कुटर र मोटरसाइकल परेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरहरि अधिकारीले बताए । मोटरसाइकल चालकको अवस्था सामान्य छ । स्कुटर चलाउनेको अवस्था सामान्य भए पनि पछाडी बस्ने सरला भण्डारीको खुट्टामा र हातमा चोट लागेको छ ।

पहिरो सफा गरेर हाल दुईतर्फी नै गाडी चलेको चितवन प्रहरीले जानकारी दिएको छ ।


प्रकाशित : असार ४, २०७९ २०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?