कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

जिसस मकवानपुरमा गठबन्धनका घलान विजयी

सुवास विडारी

मकवानपुर — जिल्ला समन्वय समिति मकवानपुमा सत्तारुढ गठबन्धनका प्यानलै विजयी भएको छ । जिसस प्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार ललितकुमार घलान निर्वाचित भएका छन् । उनी कुल २० मतमध्ये १७ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार बुद्धिराम डिम्दोङले ३ मत प्राप्त गरेका छन् ।

जिसस मकवानपुरमा गठबन्धनका घलान विजयी

जिसस उपप्रमुख र दलित तथा अल्पसंख्यक सदस्य भने निर्विरोध भएका थिए । गठबन्धनको तर्फबाट उपप्रमुखमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका सानुकाजी लुइँटेल र नेकपा एकीकृत समाजवादीकी सुनिता परियार निर्विरोध निर्वाचित भएका हुन् ।

जिसस सदस्यतर्फ गठबन्धनका उम्मेदवारहरु निर्वाचित भएका छन् । महिला सदस्यमा तारा ढुंगाना, विष्णुमाया थपलिया र सुमित्रा थिङले १७ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । उनीहरु कांग्रेसबाट उम्मेदवार बनेका थिए । एमालेबाट उम्मेदवार बनेका विनाकुमारी थिङ लामाले ३ मत प्राप्त गरिन् ।

सदस्य तर्फमा खड्गबहादुर पुलामी, सुवर्ण गोपाली र वीरेन्द्रकुमार लामा निर्वाचित भएका छन् । पुलामी र गोपालीले १७ मत प्राप्त गरेका छन् । उनीहरु माओवादी केन्द्रबाट उम्मेदवार बनेका थिए । नेकपा (एस)बाट उम्मेदवार बनेका लामाले १६ मत प्राप्त गरेका थिए । एमालेका उम्मेदवार तोयानाथ तिमल्सिनाले ३ मत प्राप्त गरेका छन् ।

मकवानपुरमा हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र ८ वटा पालिका रहेका छन् । सबै पालिकाको प्रमुख र उपप्रमुख गरी कुल २० जनाले जिससका लागि मतदान गरेका थिए । जसमा कांग्रेसका ९, माओवादी केन्द्रका ७, एमालेका ३ र एकीकृत समाजवादीको १ जना मतदाता छन् ।

प्रकाशित : असार २, २०७९ १६:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×