कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२२

धादिङमा सवारी दुर्घटना, २ जनाको मृत्यु

रासस

काठमाडौँ — धादिङको इजारा र सिस्नेखोलामा मंगलबार भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । धादिङको निलकण्ठ नगरपालिका–३ इजारामा बा १८ च २८२० नम्बरको बोलेरो जिप दुर्घटना भएको हो ।

धादिङवेसीबाट जुरेथुमतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा निलकण्ठ नगरपालिका–१ जुरेथुमका ३२ वर्षीय प्रेमबहादुर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए ।

दुर्घटनामा १७ जना घाइते भएका छन् । उनीहरुको धादिङ अस्पतालमा उपचार भइरहेको डा मधुकर दाहालले जानकारी दिए । उकालो बाटोमा क्षमताभन्दा धेरै यात्रु र सामान बोकेका कारण जिप दुर्घटना भएको हुनसक्ने बताइएको छ ।

यस्तै त्रिभुवन राजपथअन्तर्गत धादिङको धुनीवेसी नगरपालिका– ९ सिस्नेखोला सुरुङ मार्गमा ट्रक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नौबिसेबाट काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख ७३८६ नम्बरको मालवाहक ट्रक सोही दिशातर्फ जाँदै गरेको बा ३ क ३४०४ नम्बरको मिनी ट्रक र बा ८२ प ५६४५ नम्बरको मोटर साइकलसँग ठोक्किँदा एक युवाको ज्यान गएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा धादिङको निलकण्ठ नगरपालिका–१२ का ४४ वर्षीय यमबहादुर मगरको मृत्यु भएको हो । दुर्घटनामा घाइते निलकण्ठ नगरपालिका–८ का गणेश श्रेष्ठको काठमाडौंमा उपचार भइरहेको छ ।

प्रकाशित : जेष्ठ ३१, २०७९ १९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?