कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

जिसस सिन्धुलीमा गठबन्धनका उम्मेदवार विजयी

राजकुमार कार्की

सिन्धुली — सिन्धुली जिल्ला समन्वय समितिमा कांग्रेस र माओवादी केन्द्रको गठबन्धनको प्यानल नै निर्वाचित भएको छ । शनिबार सम्पन्न निर्वाचनमा जिल्ला समन्वय समिति प्रमुखमा गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार कारसाङ लामा १४ मत ल्याई निर्वाचित भएका हुन् ।

जिसस सिन्धुलीमा गठबन्धनका उम्मेदवार विजयी

लामा हरिहरपुरगढी गाउँपालिकाका निवर्तमान अध्यक्ष हुन् । उनका प्रतिस्पर्धी एकीकृत समाजवादीका उम्मेदवार सूर्य पाख्रिनले ४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । एकीकृत समाजवादीका उम्मेदवार पाख्रिनलाई एमालेको समर्थन थियो ।

उपप्रमुखमा गठबन्धनबाट कांग्रेसकी शान्ता कार्कीले १४ मत प्राप्त गरी विजयी भएकी छन् । कार्कीको प्रतिस्पर्धी एमालेका उम्मेदवार सोमबहादुर बलले ४ मत प्राप्त गरेका थिए । उपप्रमुखमा निर्वाचित कार्की भने २०७४ सालको स्थानीय तह निर्वाचनमा सुनकोसी गाउँपालिकामा कांग्रेसको तर्फबाट उपाध्यक्षको उम्मेदवार भइ पराजित भएकी थिइन् । गठबन्धबन हुँदा सुनकोसी गाउँपालिका ७ बाट माओवादी केन्द्रको चुनाव चिह्न लिएर वडा सदस्यमा विजयी भएकी कार्कीले समन्वय समितिमा पनि उही चिह्न पाएकी थिइन् । कानुन अनुसार कार्की पनि माओवादी केन्द्रबाट नै उपप्रमुख भएकी छिन् ।

समन्वय समितिको सदस्यमा गठबन्धनबाट उत्पल खड्का, सूर्यबहादुर तामाङ, बालकुमारी मगर, पुष्पाकुमारी धामी र गोकर्ण सार्की, दानबहादुर तामाङ र सुनिताकुमारी थापामगर विजयी भएका छन् । सदस्यमा निर्वाचितमध्ये सूर्यबहादुर तामाङले १३ मत र बाँकी सबैले १४ मत प्राप्त गरेको निर्वाचन अधिकृत ध्रुवप्रसाद सापकोटाले जानकारी दिए ।

उनकाअनुसार ९ वटा स्थानीय तह रहेको सिन्धुली जिल्लामा जिसस निर्वाचनका लागि कुल १८ मतदाता रहेका छन् । जिसस निर्वाचनमा एक प्रमुख, एक उपप्रमुख र सात जना सदस्य पदका लागि १७ जनाको उम्मेदवारी दर्ता भएको थियो ।


प्रकाशित : जेष्ठ २८, २०७९ १८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतिप्रति तपाईंको के टिप्पणी छ ?