कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०

मल नपाएपछि आन्दोलनको चेतावनी

काभ्रे — मकै र धान खेती गर्ने समयमा रसायनिक मल अभाव भएको भन्दै कृषकहरूले उपलब्ध नगराए आन्दोलन गर्ने चेतावनी दिएका छन् । सत्तारूढ नेकपा माओवादी केन्द्रनिकट अखिल नेपाल किसान महासंघ क्रान्तिकारी केन्द्रले कृषि सामग्री कम्पनी धुलिखेल शाखामार्फत वाग्मती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई १० हजार टन युरिया र ५ हजार टन डीएपी मल उपलब्ध गराउन माग गरेको हो ।

मल नपाएपछि आन्दोलनको चेतावनी

मल, बीउबिजन लगायतका आधारभूत वस्तु उपलब्ध नहुँदा कृषकहरू मारमा परेको केन्द्रले बुझाएको ज्ञापनमा उल्लेख छ । रसायनिक मलको समस्या तत्काल समाधान नभए आन्दोलनमा जान बाध्य हुने उनीहरूको चेतावनी छ ।

मलको कारोबार गर्दै आएको कृषि सामग्री कम्पनी लिमिटेडको धुलिखेलस्थित गोदाम र साल्ट ट्रेडिङ कर्पोरेसनको बनेपास्थित गोदाम खाली छ । कृषि सामग्रीका धुलिखेल शाखा प्रमुख वासुदेव शर्माले यसअघि नै भागबन्डा गरिएका १०–१५ वटा सहकारीले लान बाँकी रहेका करिब १६ सय बोरा मलबाहेक अरू मल मौज्दात नभएको बताए । वैशाखमा २ पटक गरेर आएको मलमध्येबाटै काभ्रे, दोलखा, रामेछाप र सिन्धुपाल्चोकका ४ सय सहकारीमार्फत बिक्री गरिएको उनको भनाइ छ ।

प्रकाशित : जेष्ठ २०, २०७९ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×