१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सिन्धुलीबाट बेपत्ता पुरुषको शव तामाकोसी किनारमा फेला

केदार सिवाकोटी

दोलखा — एक सातादेखि बेपत्ता भएका सिन्धुलीको कमलामाई नगरपालिका–७ का ओमकुमार मोक्तानको शव तामाकोशी किनारमा फेला परेको छ ।

जेठ १३ गतेबाट बेपत्ता भएका ५४ वर्षीय मोक्तानको शव बुधबार साँझ तामाकोसी गाउँपालिका–५ किर्नेटार नजिकै तामाकोसी किनारमा फेला परेको प्रहरीले जनाएको छ ।

बेपत्ता भएका उनको आफन्तले खोजी गरिरहेका थिए । प्रहरीले तामाकोसी किनारमा शव फेलापरेपछि पहिचानका लागि आफन्तलाई आग्रह गरेको थियो । आफन्तले शवको पहिचान गरेको प्रहरी निरीक्षक राजेश सिग्देलले बताए । घटनाका बारेमा थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित : जेष्ठ १९, २०७९ १८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?