कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राप्रपा नेपाल वाग्मती प्रदेश अध्यक्षमा खत्री 

हेटौंडा — राप्रपा नेपाल वाग्मती प्रदेशको अध्यक्षको जिम्मेवारी माधव खत्रीले पाएका छन् । हेटौंडामा जारी वाग्मती प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलाको क्रममा प्रदेश अध्यक्षको जिम्मेवारी खत्रीलाई प्रदान गरिएको हो ।

राप्रपा नेपाल वाग्मती प्रदेश अध्यक्षमा खत्री 

पार्टीका अध्यक्ष कमल थापाले खत्रीलाई जिम्मेवारी दिँदै बधाईसहित शुभकामना दिएका छन् ।

जिम्मेवारी प्राप्त खत्री भक्तपुर जिल्ला अध्यक्षको जिम्मेवारीमा थिए । उनी विद्यार्थीकालदेखि नै राजनीतिमा संलग्न थिए । प्रदेश अध्यक्षको जिम्मेवारी पाएपछि खत्रीले वाग्मती प्रदेशमा राप्रपा नेपालको बलियो संगठन बनाउन आफूले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित : जेष्ठ १९, २०७९ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?