कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

युवकको हत्या आशंकामा दुई जना पक्राउ

केदार शिवाकोटी

दोलखा — दोलखाको गौरीशंकर गाउँपालिका–३ का एक युवकको हत्याको आशंकामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । बुधबार बिहान २४ वर्षीय यानबहादुर बस्नेतको शव घर नजिकैको जंगलमा शंकास्पद रुपमा रुखमा झुडिएको अवस्थामा फेला परेको थियो । उनको हत्याको आशंकामा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका प्रवक्त शुसिल केसीले बताए ।

युवकको हत्या आशंकामा दुई जना पक्राउ

प्रहरीले नियन्त्रणमा लिएकाहरुको परिचय खुलाएको छैन । प्रहरीले हत्या वा आत्महत्या पोष्टमार्टम रिपोर्टपछि मात्रै भन्ने सकिने जनाएको छ । स्थानीयले भने बस्नेतको हत्या गरेर रुखमा झुण्डाएको हुन सक्ने भन्दै अनुसन्धान गर्न प्रहरीलाई आग्रह गरेका छन् ।

मंगलबार साँझबाट सम्पर्कविहीन बनेका बस्नेत बुधबार रुखमा झुडिएको अवस्थामा फेला परेका परेका थिए । सम्फर्कविहीन बनेका उनको खाजी गर्ने क्रममा स्थानीयले झ्याकुको सर्सेपु विद्यालयको नजिकै काफलको रुखमा झण्डिएको अवस्थामा उनको शव फेला परेको थियो । उनी मानेडाँडा माध्यमिक विद्यालयमा लेखापालका रुपमा कार्यरत थिए ।

यसैबीच बुधबार साँझ तामाकोशी गाउँपालिका–१ गोपीखोलामा एक जना पुरुषको शव फेला परेको छ । उक्त शवको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित : जेष्ठ १२, २०७९ १२:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?