धुलिखेल-१ कांग्रेसका लामा निर्वाचित- वाग्मती - कान्तिपुर समाचार

धुलिखेल-१ कांग्रेसका लामा निर्वाचित

नगेन्द्र अधिकारी

काभ्रे — धुलिखेल नगरपालिका–१ मा नेपाली कांग्रेसका उम्मेदवार सन्तबहादुर लामा निर्वाचित भएका छन् । निकटतम एमालेका उम्मेदवार बहादुर तामाङलाई  एक सय ६ मतले पराजित पर्दै लामा विजयी भएका हुन् ।

सन्तबहादुरले ५ सय ७३ र बहादुरले ४ सय ६७ मत प्राप्त गरेका छन् । कुल १२ सय ८४ मत खसेको थियो ।

कांग्रेसबाटै दलित महिला सदस्यमा गोमा विश्वकर्मा, महिला सदस्यमा चन्द्रमाया तामाङ र खुला सदस्यमा दिपक घोरसाइने निर्वाचित भएका छन् ।

त्यस्तै, एमालेबाट खुला सदस्यमा लाक्पा लामा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईले जानकारी दिए ।

प्रकाशित : वैशाख ३१, २०७९ ११:२३
प्रतिक्रिया
पठाउनुहोस्

प्युठानको सरुमारानी गाउँपालिका–६ मा एमाले विजयी

कान्तिपुर संवाददाता

प्युठान — प्यूठानको सरुमारानी गाँउपालिका–६ मा नेकपा एमालेको प्यानल नै बिजयी भएको छ । वडाध्यक्षमा २८ बर्षिय तिलबहादुर बुढा निर्वाचित भएका छन् ।

बिजयी बुढाले ६९५ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार माओबादीका बोम बहादुर पुनले ४४३ मत ल्याएर पराजित भएका हुन् ।

महिला सदस्यमा एमालेकी एनुका राहुँ, दलित महिला सदस्यमा एनुका बिक, खुल्ला सदस्यमा नमबहादुर उलुगें र खडक बहादुर महरा बिजयी भएका छन् ।


प्रकाशित : वैशाख ३१, २०७९ ११:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×