कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९४

धादिङको सुनौला बजारमा कांग्रेस र माओवादीका कार्यकर्ताबीच झडप 

सरिता श्रेष्ठ

धादिङ —  धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ६ भोर्लेमा नेपाली कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ । झडपमा नेपाली कांग्रेसका वडा अध्यक्ष उम्मेदवार भुपेन्द्रकुमार श्रेष्ठ गम्भीर घाइते भएका छन् । उनको टाउको, दाहिने आँखा, दाँतलगायत शरीरको विभिन्न ठाउँमा चोट लागेको छ । झडपमा परी अन्य २० जना भन्दा बढी घाइते भएका छ्न् ।

धादिङको सुनौला बजारमा कांग्रेस र माओवादीका कार्यकर्ताबीच झडप 

घाइतेहरुको धादिङ अस्पतालमा उपचार भइरहेको छ । झडपमा परी तेज कुमार श्रेष्ठ, कविराज श्रेष्ठ, प्रकाश श्रेष्ठ, हरिबहादुर श्रेष्ठ, बाबुराम श्रेष्ठ, सुमन श्रेष्ठ, सुब्बा नेपाली, विष्णुकुमार श्रेष्ठ, राजकुमार उपरकोटी, भुपेन्द्र श्रेष्ठ, रामहरी मगराती, राजकुमार श्रेष्ठ, विष्णुकुमार नेपाल, गोकर्ण उपरकोटी, लक्ष्मण राना, विवश राना, विकेश राना, गोपी नेपाली, अनुप श्रेष्ठ, राजकुमार उपरकोटी लगायत घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । त्यस्तै, माओवादी केन्द्रका अनिल श्रेष्ठ र विष्णु राना पनि घाइते भएका छन् ।

मौन अवधिमा वडा अध्यक्ष सहित भोट माग्न पुगेका दुई राजनीतिक दलको समूहको जम्काभेट हुँदा झडप भएको हो । झडप भइसकेपछि नेपाली कांग्रेस र माओवादी केन्द्रले एक अर्कालाई दोष लगाइरहेका छन् । नेपाली कांग्रेसले माओवादी कार्यकर्तालाई आक्रमण गरेको कारण झगडा सुरु भएको माओवादीका कार्यकर्ताले बताएका छन् । नेपाली कांग्रेसले भने आफ्नो कार्यकर्तालाई माओवादी केन्द्रका कार्यकर्ताले आक्रमण गरेको खबर पाएर घटनास्थल पुग्दा उनीहरुले पुन: आक्रमण गरेको बताएका छन् ।

वैशाख ३० गते हुने निर्वाचनका लागि धादिङमा नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी बीच तालमेल गरिएको छ । नीलकण्ठ नगरपालिकामा मेयर नेपाली कांग्रेसबाट भीमप्रसाद ढुंगाना र उपमेयर माओवादी केन्द्रबाट दिपक विश्वकर्मा उम्मेदवार छन् । पालिकास्तरमा चुनावी तालमेल भएपनि केही वडाहरुमा भने दलहरुले आआफ्नै उम्मेदवार उठाएका छन् ।

प्रकाशित : वैशाख २९, २०७९ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?