गजुरी गाउँपालिका-२ चामबास बाह्रबिसेका २६ वर्षीय पञ्चमाया तामाङ ९ महिनाको बच्चा च्यापेर जिल्ला प्रशासन कार्यालय धादिङ आइपुगिन् । पहिरोले बस्ती नै जोखिममा परेपछि सुरक्षित बस्ने ठाउँको जोहो गरिदिन प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरिन् ।
त्रिपुरासुन्दरी गाउँपालिका–५ आगिन्चोकको धिमिरेमा गत जेठ २६ को राति पहिरो जाँदा ५५ वर्षीय नेत्रप्रसाद खाँणको मृत्यु भयो । सुतिरहेका बेला पहिरोले घर पुर्दा बेपत्ता भएका खाँण मृत भेटिएका थिए । भूकम्पपछि सरकारी अनुदानमा बनाएको पक्की घरमा नेत्रप्रसाद सुतेका थिए । त्यसको नजिकै सडकको तलपट्टि ढुंगामाटो र जस्तापाताले बारेको घरमा कनमाया सुतेकी थिइन् ।
नीलकण्ठ–१२ की सुशीला कुमाल मल लिन दिन बिराएर सदरमुकाम धादिङबेसी झर्छिन् तर रित्तै घर फर्किन्छिन् । उनलाई मकै खेतीका लागि मल चाहिएको छ । ‘मल आउला र राखेर गोडमेल गरौंला भन्दाभन्दै सबथोक बितिसक्यो,’ उनले भनिन् ।
धुनीबेसी नगरपालिका–७ गुर्दुङकी साइँलीको बिहान उठेपछिको पहिलो काम नै खानेपानीको जोहो गर्नु हो । बिहान ५ बजे रित्तो ग्यालिन बोकेर ओरालो झर्छिन् । एक घण्टा हिँडेपछि आइपुग्छ पँधेरी खोला । खोलामा पाइपको सहायताले धारा बनाइएको छ ।
१० रोपनी जग्गामा मकै लगाएकी नीलकण्ठ नगरपालिका वडा नं १२ की सुशीला कुमाल मल लिन हरेक दिन सदरमुकाम धादिङबेसी झर्छिन् । तर बजारबाट रित्तै घर फर्कनु पर्छ । उनी मात्रै नभएर धादिङका अधिकांश किसानले धान रोप्ने मौसम सुरु भइसक्दा पनि बजारमा मल पाएका छैनन् ।
गहुँ र सिमेन्टको प्रज्ञापनपत्र लिएर भारतबाट ल्याइएको दुई ट्रक रासायनिक मल शनिबार धादिङको धुनिबेसी नगरपालिका–६ धार्केमा किसानले खोसेका छन् । राजस्व अनुसन्धान विभागको टोलीले शुक्रबार नियन्त्रणमा लिएर सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन शिक्षालय कुरिनटार ब्यारेकमा राखेको मल शनिबार सशस्त्र प्रहरीकै पहरामा काठमाडौं लैजाने क्रममा किसानले खोसेका हुन् ।
धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ६ धार्के बजारमा रासायनिक मल बोकेको ट्रक स्थानीय किसानहरूले कब्जा गरेका छन् । भारतबाट भन्सार छली गरेर ल्याइएको मल धार्केमा किसानले कब्जा गरेका हुन् ।