१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

भरतपुरमा हत्या भएका युवक कांग्रेसका प्रतिनिधि

काठमाडौँ — भरतपुरमा आइतबार साँझ धारिलो हतियार प्रहारबाट हत्या भएका युवक कांग्रेसका वाग्मती प्रदेश प्रतिनिधि रहेको कांग्रेस चितवनले जनाएको छ ।

चुनावको प्रचारप्रसारका सिलसिलामा खटिएका आफ्ना प्रतिनिधिको सांघातिक आक्रमणबाट मृत्यु भएको घटनाले नेपाली कांग्रेस चितवनलाई स्तब्ध तुल्याएको सभापति राजेश्वर खनालले जनाएका छन् । कांग्रेसले उक्त घटनाको यथाशीघ्र सत्यतथ्य पत्ता लगाई दोषीमाथि सजायको समेत माग गरेको छ ।

भरतपुर महानगरपालिका–१२ घर भएका अनिल परियार कृष्णपुरमा फुटबल मैदान नजिक आइतबार साँझ पौने आठ बजेतिर घाइते अवस्थामा फेला परेका थिए । उनको शरीरका विभिन्न ठाउँमा धारिलो हतियारले प्रहार गरेको देखिएको र उपचारका क्रममा भरतपुरको चितवन मेडिकल कलेजमा लैजाँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रकाशित : वैशाख २६, २०७९ ११:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?