कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२२

जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएपछि बीपी राजमार्ग अवरुद्ध

राजकुमार कार्की

सिन्धुली — जिपको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्रीको मृत्यु भएपछि दोषीलाई कारबाही र क्षतिपूर्ति माग गर्दै स्थानीयले बीपी राजमार्ग अवरुद्ध गरेका छन् । 

जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएपछि बीपी राजमार्ग अवरुद्ध

बीपी राजमार्गअन्तर्गत सिन्धुलीमाडी–खुर्कोटखण्डको पिपलभन्ज्याङमा बुधबार बिहान साढे ११ बजेदेखि स्थानीयले सडक अवरुद्ध गरेका छन् । प्रहरीका अनुसार बीपी राजमार्ग भएर पिपलभन्ज्याङ–पचभैया जाने सडकमा प्रदेश ३–०१–०२४ च १४१९ नम्बरको बोलेरोले पैदलयात्री ३९ वर्षीय विजय मोक्तानलाइ ठक्कर दिँदा गम्भीर घाइते भई उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो । मोक्तानलाई मंगलबार राति जिपले ठक्कर दिएको थियो ।

चालकको लापर्बाहीले पैदलयात्रीलाई ठक्कर दिई मृत्यु भएको भन्दै कमलामाई नगरपालिका २ भद्रकालीका स्थानीय राजमार्ग अवरुद्ध गरेपछि लामो तथा छोटो दूरीका सवारीसाधन रोकिएका छन् ।

जिप चालक आइतसिङ लामालाई नियन्त्रणमा लिई आवश्यक कारबाही अगाडि बढाएको र अवरुद्ध राजमार्ग खुलाउन वार्ता भइरहेको सिन्धुली प्रहरीका डीएसपी मनोजकुमार लामाले जानकारी दिए ।

प्रकाशित : वैशाख ७, २०७९ १२:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?