कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

गुम्बाडाँडामा २५ फिट अग्लो बुद्धको मूर्ति

सुवास विडारी

मकवानपुर — मकवानपुरको पर्यटकीय क्षेत्र हेटौंडा–१८ स्थित गुम्बाडाँडामा २५ फिट अग्लो बुद्धको मूर्ति निर्माण गरिएको छ ।करिब एक करोड ४४ लाखको लागतमा बुद्ध मूर्ति र २३ फिट अग्लो बोधी चैत्य (स्तुप) निर्माण गरिएको हो ।

गुम्बाडाँडामा २५ फिट अग्लो बुद्धको मूर्ति

समाजसेवी दुर्गामान शाक्य, सुभाषराज शाक्य, कमलचन्द्र सुमनको सक्रियतामा गुम्बाडाँडास्थित बगैंचामा बौद्ध मूर्ति राखिएको छ । बौद्ध धर्मगुरु लोमसाङ नाङ्गेलले मूर्ति अनावरण समेत गरेका छन् ।

धार्मिक महत्त्वको मूर्ति अनावरण हुँदा त्यस क्षेत्रको पर्यटन विकासमा टेवा पुग्ने विश्वास वडा अध्यक्ष अनिल बानियाँको छ । मूर्ति निर्माण व्यवस्थापन समितिका उपाध्यक्ष ज्योतित्न बज्राचार्यका अनुसार दाताहरुको सहयोगमा मूर्ति स्थापना गरिएको हो । ‘दुई वर्ष अगाडि नै मूर्ति अनावरण गर्ने भनिएपनि कोरोनाका कारण केही ढिला हुन पुग्यो,’ उनले भने । बज्राचार्यका अनुसार ढुङ्गाबाट निर्माण गरिएको मूर्ति कालिगढहरुले दुई वर्ष लगाएर पूरा गरेका हुन् ।

प्रकाशित : वैशाख ५, २०७९ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?