कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

पुल निर्माणका लागि बनाइएको खाल्डोमा डुबेर बालकको मृत्यु

राजकुमार कार्की

सिन्धुली — सिन्धुलीको कमलामाइ नगरपालिका ४ ग्वाङखोलामा डुबेर बालकको मृत्यु भएको छ । पक्की पुल निर्माणका लागि खनिएको खाल्डोमा जमेको पानीमा डुबेर शनिबार कमलामाइ नगरपालिका ५ बस्ने प्रकाश भुजेलका छोरा १२ वर्षीय सिरासको मृत्यु भएको हो । 

पुल निर्माणका लागि बनाइएको खाल्डोमा डुबेर बालकको मृत्यु

ढुंग्रेबास पुछारबाट–धुराबजार जोड्ने पुल निर्माण स्थलको दहमा पौडी खेल्नेक्रममा डुबेर बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक बालक फिक्कल गाउँपालिका १ घर भइ सदरमुकाम सिन्धुलीमाडीको जनता आवासीय मावि रातमाटामा कक्षा ४ मा अध्ययनरत थिए । शनिबार छुट्टीको बेला साथीहरुसँग पौडी खेल्न गएका उनी डुबेको स्थानीयले बताएका छन् । स्थानीयले करिब एक घण्टा दहमा पौडेर शव निकालेका थिए ।

निर्माणस्थलमा तारजाली नलगाए लापरबाही गर्दा बालकको ज्यान गएको भन्दै परिवारजन र स्थानीयले शव बुझ्न मानेका छैनन् । यसअघि पनि सोही दहमा डुबेका एक बालकको स्थानीयले उद्धार गरेका थिए । पुल निर्माणको जिम्मा सारस विल्डर्सले लिएको छ ।

प्रकाशित : वैशाख ३, २०७९ १७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?