कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

नेपाल दलित संघ वाग्मतीको अध्यक्षमा अछामी

काठमाडौँ — नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल दलित संघ वाग्मती प्रदेशको अध्यक्षमा ललितपुरका रमेशबहादुर अछामी सर्वसम्मत निर्वाचित भएका छन् । मंगलबार र बुधबार काठमाडौंमा भएको संघको प्रथम अधिवेशनले अछामीलाई प्रदेश कार्यसमितिको अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । 

नेपाल दलित संघ वाग्मतीको अध्यक्षमा अछामी

संघको उपाध्यक्षमा सुरेश परियार, राजन बराइली र सुना परियार, सचिवमा सुदर्शन नेपाली र राजु सुनार, सहसचिवमा सर्मिला विश्वकर्मा र कोषाध्यक्षमा मैया महते सर्वसम्मत निर्वाचित भएका छन् । अधिवेशनमा प्रदेशभरिका प्रतिनिधिहरु सहभागी थिए ।

मंगलबार भएको अधिवेशनको उद्घाटन सत्रमा कांग्रेस नेता प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरु मीन विश्वकर्मा, हरिशरण नेपाली, प्रकाश स्नेही, नैनसिंह महरलगायत नेताहरुले सम्बोधन गरेका थिए ।

प्रकाशित : चैत्र २, २०७८ २१:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?