कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

होलीलाई मर्यादित बनाउन धादिङ प्रहरीको कडाइ

सरिता श्रेष्ठ

धादिङ — होली (फागु) पर्वमा उच्खृंखल गतिविधि रोकेर मर्यादित, शान्तिपूर्ण र सद्भाव कायम गराउन जिल्ला प्रहरी कार्यालय धादिङले सुरक्षा व्यवस्था कडा पारेको छ ।

होलीलाई मर्यादित बनाउन धादिङ प्रहरीको कडाइ

कोभिड–१९ को जोखिम कायमै रहेका कारण होली पर्व मनाउँदा विशेष सावधानी अपनाउन प्रहरीले सबैलाई आग्रह गरेको छ । कार्यालयले सूचना जारी गरी होली पर्व मनाउने नाममा कोही कसैलाई इच्छा विपरीत रंग नदल्न अनुरोध गरेको छ ।

कोरोना भाइरस फैलनसक्ने अवस्थालाई मध्यनजर गरी सार्वजनिक स्थानहरुमा सभा, सम्मेलन, भोज, भतेर लगायत सार्वजनिक भेला गरेर होली पर्व नमनाउन भनिएको छ । अबिर हाल्ने, लोला हान्ने तथा हो–हल्ला गर्ने कार्य नगर्न साथै जबर्जस्ती अमर्यादित गैरकानुनी र उच्छङ्खल व्यवहार रोक्न जिल्ला प्रहरीले व्यस्त चोकमा प्रहरी समेत परिचालन गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीले बताए ।

यात्रामा निस्किएका व्यक्तिहरु, बाटोमा हिँडिरहेका महिला तथा बालबालिकाहरुलाई होलीको नाममा दुख दिने, हैरानी दिने गरेको पाइएमा तुरुन्त प्रहरीलाई खबर गर्न आग्रह गरिएको छ ।

रमाइलो गर्ने क्रममा रंग जथाभावी खेल्दा आँखाको दृष्टि गुम्ने, कानको जाली फुट्ने, एलर्जी, दम, छालासम्बन्धी विभिन्न समस्याले सताउन सक्ने भन्दै पर्वलाई मर्यादित रुपमा मनाउन स्थानीयहरूलाई प्रहरीले आग्रह गरेको छ।

बाहिर हिँड्दा अनिवार्य रुपमा मास्क लगाउन, भौतिक दूरी कायम गर्न, स्यानिटाइजरको प्रयोग गर्न र स्वास्थ्य मापदण्ड पालना गर्न पनि प्रहरीको आग्रह छ । होली मनाउने नाममा जबर्जस्ती रङ दल्ने, लोला हान्ने, मादक पदार्थ सेवन गरेर गाडी चलाउने, होहल्ला गर्ने जो कोहीलाई कानुन अनुसार कारबाही गर्ने प्रहरीले जनाएको छ ।

गत वर्षका होलीमा हो–हल्ला गर्ने मादक पदार्थ सेवन गरेर झगडा हुने गरेका थिए । यस वर्ष त्यस्ता कार्य हुन नदिन सुरुमै सचेत गराइएको प्रहरीले जनाएको छ ।

आत्मियता र सद्भाव फैलाउने गरि गतिविधि गरे एक सय नम्बरमा फोन गरेर प्रहरीले सघाउन समेत अपिल गरेको छ । यस वर्षको होली पर्व चैत ३ गते पहाडी क्षेत्र र चैत ४ गते तराईमा मनाईँदै छ ।

प्रकाशित : चैत्र १, २०७८ १४:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?