कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

एमसीसी विरोध गरेकोमा रावलप्रति देउवा आक्रोशित

'एमसीसी गलत थियो भने भीम रावल मन्त्री छँदा राजीनामा दिएर बाहिर आउनुपर्थ्यो । दुईजिब्रे बन्न पाइन्छ ?'
कृष्ण थापा

नुवाकोट — प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदबाट एमसीसी पास गर्नुअघि तत्कालीन एमाले नेतृत्वको सरकारले मन्त्रिपरिषद्‍बाट पास गरेको बताएका छन् ।

एमसीसी विरोध गरेकोमा रावलप्रति देउवा आक्रोशित

प्रधानमन्त्री देउवाले सोमबार किस्पाङ गाउँपालिका र तादी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन कार्यक्रममा यस्तो बताएका हुन् । प्रधानमन्त्री देउवाले भने, ‘एमसीसी पास गर्नुपर्छ भनेर एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीजीले संसदमा पेस गर्नु भएको हो ।’

एमालेकै नेता भीम रावलले अहिले एससीसीको बढी विरोध गरेको भन्दै प्रधानमन्त्री देउवाले आक्रोस व्यक्त गरेका थिए । ‘अर्थमन्त्री आफ्नै पार्टीको हुनुहुन्थ्यो । भीम रावलजी सबभन्दा बढी एमसीसीको खिलाफमा बोल्नु हुन्छ । त्यसबेला रक्षा मन्त्री हुनुहुन्थ्यो । आफैंले पास गर्ने । त्यसबेला किन राजीनामा गर्नु भएन ?' प्रधानमन्त्री देउवाले भने ।

देउवाले एमसीसी गलत भए त्यतिबेला नै राजीनामा दिएर बाहिर आएर विरोध गर्न सक्नुपर्ने भन्दै नेता रावलप्रति टिप्पणी गरेका छन् । ‘भीम रावलले के हेरेर बसे त्यस बेला ? अहिले किन विरोध गर्दै छन् ? यदि एमसीसी खराब थियो भने राजीनामा दिएर आउनुपर्थ्यो बाहिर ? कहिले के भन्छन्,' देउवाले भने ।

यस्तै नेता रावललाई उनले दुई जिब्रेको भएको संज्ञा समेत दिएका थिए । उनले भने, ‘दुईजिब्रे बन्न पाइन्छ ? आफू रक्षामन्त्री हुँदा पास गर्ने ? क्याबिनेटबाट पास गरेर संसद्‍मा ल्याउने संसदबाट पास गर्नु पर्छ भनेर निर्णय गरेर ल्याउने । अहिले विरोध गर्ने ?’

प्रधानमन्त्री देउवाले एमाले नेता भीम रावललाई 'दिमाग खुस्केको' र 'लाज पचेको' समेत भनेका थिए । देउवाले नेपाली कांग्रेस एक भई प्रतिबद्ध भएर निर्वाचनमा जानुपर्ने भन्दै सबैलाई निर्वाचनमा लाग्न आग्रह गरे । साथै स्थानीय तहको निर्वाचन निष्पक्ष र भयरहित गराउने उनले प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रकाशित : फाल्गुन ३०, २०७८ १६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?