कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

मोटरसाइकल दुर्घटनामा प्रहरीको मृत्यु

राजकुमार कार्की

सिन्धुली — मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको दुधौली नगरपालिका २ गागनमा भएको मोटरसाइकल दुर्घटनामा परी एक प्रहरी जवानको मृत्यु भएको छ । दुर्घटनामा परी जिल्ला प्रहरी कार्यालय भोजपुरमा कार्यरत २८ वर्षीय प्रहरी जवान अविनाश राईको सोमबार मृत्यु भएको प्रहरी निरीक्षक बुद्धिमणी नेपालले जानकारी दिए ।

प्रहरीका अनुसार डकाहबाट सिन्धुलीको भिमानतर्फ आउँदै गरेको प्रदेश १-०४-००१ प १६०६ नम्बरको मोटसाइकल गागन पुलमा अनियन्त्रित भई दुर्घटना हुँदा प्रहरी जवान राईको मृत्यु भएको उनले बताए ।

खोटाङ जिल्ला जन्तेढुङ्गे गाउँपालिका ६ स्थायी ठेगाना भएका प्रहरी जवान राईको मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक नेपालले जानकारी दिए ।

प्रकाशित : फाल्गुन ३०, २०७८ १२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×