कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

ठूलो परिमाणमा गाँजासहित तीन युवा पक्राउ

प्रताप विष्ट

हेटौंडा — अवैध लागूऔषधको ठूलो परिमाणसहित प्रहरीले आइतबार तीन जनालाई पक्राउ गरेको छ । राक्सिराङ चैनपुरबाट हेटौंडातर्फ आइरहेको बा ७ च १६०६ नम्बरको पिकअप गाडीलाई मनहरी—७  पुल नजिकै रोकेर खोजतलास गर्दा एक सय ८० किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ । 

ठूलो परिमाणमा गाँजासहित तीन युवा पक्राउ

प्रहरीले गाँजा, पिकअपका चालक मकवानपुर हेटौडा उपमहानगरपालिका—१६ बस्ने वर्ष २९ को बुद्धिमान बाइबा, पिकअप गाडीमा सवार वर्ष २९ को अर्जुन स्याङ्तान र वर्ष ३० को विनोद पाख्रिनसहित गाडीलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक रामकुमार सापकोटाले बताए । १०/१० किलो गाँजा १८ वटा प्लास्टिकमा पोको पारेर पिकअपमा ल्याएका थिए ।

इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक प्रकाश थापाको कमान्डमा खटिएको प्रहरी टोली आइतबार बिहानै सवारी साधनहरुको जाँच गर्न मनहरी—चैनपुर सडक खण्डमा बसेका थिए ।

पिकअपमा रातारात गाँजा लोड गरेर मनहरी बजार हुँदै हैटौंडातर्फ लैजान लागेका थिए ।

प्रकाशित : फाल्गुन २९, २०७८ १६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×