कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

कांग्रेस सिन्धुली सभापतिमा आज पुनः मतदान हुँदै

राजकुमार कार्की

सिन्धुली — सिन्धुली कांग्रेस सभापति पदमा खसेको मतको आधाभन्दा बढी मत कसैले प्राप्त नगरेपछि दुई जनाबीच आज (सोमबार) पुनः मतदान हुँदैछ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार हिजो भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त नगरेकाले विधानबमोजिम पुनः मतदान हुन लागेको हो ।

कांग्रेस सिन्धुली सभापतिमा आज पुनः मतदान हुँदै

४८३ मत प्राप्त गर्ने उपेन्द्र पोखरेल र ४२७ मत प्राप्त गर्ने उज्ज्वल बरालबीच प्रतिस्पर्धा हुने भएको हो । कुल मतदाता एक हजार ५२३ जना रहेकोमा आइतबार सम्पन्न निर्वाचनमा एक हजार ४४० मत खसेको थियो ।

निर्वाचन कार्यालयका अरुणकुमार थिङका अनुसार बढि मत ल्याउने दुई जनाको निर्वाचन सम्पन्न भएपछि सबै पदको मतगणना सुरु हुनेछ । सभापतिसहित ४३ पदका लागि ८६ जनाले उम्मेदवारी दिएपछि निर्वाचनमा भाग लिएका थिए ।

प्रकाशित : फाल्गुन १६, २०७८ ११:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?