कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

कांग्रेस सिन्धुली सभापतिमा पाँच जनाको उम्मेदवारी

राजकुमार कार्की

सिन्धुली — कांग्रेस जिल्ला अधिवेशन अन्तर्गत सभापति पदमा पाँच जनाको उम्मेदवारी दर्ता भएको छ ।

कांग्रेस सिन्धुली सभापतिमा पाँच जनाको उम्मेदवारी

सभापतिमा वर्तमान सभापति उज्वल बराल, महासमिति सदस्य प्रेमचन्द्र दाहाल, पूर्वसचिव उपेन्द्र पोखरेल, महासमिति सदस्य विश्वनाथ कोइराला र उपसभापति खड्गबहादुर वाइवाले मनोनयन दर्ता गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बराल शेखर कोइराला प्यानलबाट र दाहाल संस्थापनबाट उम्मेदवार भइ मनोनयन दर्ता गरेका हुन् । अन्य तीन जना पनि संस्थापन इतर पक्षको भए‍ पनि स्वतन्त्र भइ प्रतिस्पर्धामा छन् ।

१४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशन हुन बाँकी रहेका १६ जिल्लामध्ये आइतबार निर्वाचन हुने ६ जिल्लामा सिन्धुली रहेको छ । बाँकी १० जिल्लाको फागुन २० गते हुँदैछ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार उपसभापति, सचिव, सहसचिव, सदस्य पदमा मनोनयन दर्ता भएको छ । वडा अधिवेशनबाट चयन भएका क्षेत्रीय प्रतिनिधि मतदाताका रुपमा जिल्ला अधिवेशनमा सहभागी हुने एक हजार ५१२ जना रहेका छन् । निर्वाचन अधिकृत लेखतबहादुर खड्काले आइतबार बिहान ९ बजेबाट मतदान सुरु हुने जनाए ।

प्रकाशित : फाल्गुन १४, २०७८ १७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?