२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७५

सिन्धुलीका पालिकामा विद्यार्थीहरूलाई खोप लगाइँदै

राजकुमार कार्की

काठमाडौँ — सिन्धुलीका नौवटै स्थानीय तहहरूमा १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई लक्षित गरी मोडर्ना खोप लगाइँदै छ । जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका अनुसार ३५ हजार डोज मोडर्ना खोप स्वास्थ्य संस्थाहरूमा वितरण गरी लगाउन सुरु गरिएको हो ।

सिन्धुलीका पालिकामा विद्यार्थीहरूलाई खोप लगाइँदै

सिन्धुलीका आठवटा पालिकाहरूमा सोमबारबाट खोप लगाइँदै छ भने सदरमुकामसमेत रहेको कमलामाई नगरपालिकामा मंगलबारबाट सुरु भएको स्वास्थ्य कार्यालयका प्रमुख राजन पोखरेलले जानकारी दिए । विद्यार्थी लक्षित मोडर्ना खोप १२-१७ वर्ष उमेर समूहका बालबालिका तथा किशोरकिशोरीहरूलाई लगाइने छ ।

दुधौली नगरपालिका, गोलन्जोर, फिक्कल, तीनपाटन,घ्याङलेख, मरिण, सुनकोसी र हरिहरपुरगढी गाउँपालिकाका स्वास्थ्य संस्थामा पठाइएको खोप आलोपालो गरेर विद्यालयमै खोप केन्द्र बनाई लगाउन सुरु भएको स्वास्थ्य प्रमुख पोखरेलको भनाइ छ ।

प्रकाशित : माघ १८, २०७८ १२:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?