कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८०

दुवै संसदीय समिति सभापतिमा एमाले विजयी

सुवास विडारी

मकवानपुर — सत्तारुढ दल निर्वाचन प्रक्रियामा सहभागी नभएपनि वाग्मती प्रदेशसभाअन्तर्गत् सोमबार दुईवटा समितिको सभापति छनौट गरिएको छ ।

दुवै संसदीय समिति सभापतिमा एमाले विजयी

निर्वाचन प्रक्रियामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मात्र सहभागी भएपछि दुवै सभापतिमा एमाले विजयी भएको हो । प्रदेश सभाअन्तर्गत् रहेका अर्थ तथा विकास समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति छनौट गर्न निर्वाचन भएको थियो ।

एमालेले अर्थ समिति सभापतिमा काठमाडौंका नारायणबहादुर सिलवाल र शिक्षा समितिमा काठमाडौंकै केशवप्रसाद पोखरेललाई अगाडि बढाएको थियो । एमालेको बहुमत रहेका कारण सत्तारुढ गठबन्धनले उम्मेदवार नै दर्ता गराएन भने निर्वाचन प्रक्रियामा पनि सहभागी भएन ।

अर्थ र शिक्षा समितिको वैठकमा नेकपा एमालेको १२ जना सांसदको मात्र उपस्थिति भएपछि उनीहरू दुवैलाई विजयी घोषणा गरिएको थियो । उनीहरूको शपथ ग्रहण समेत भइसकेको छ । उनीहररूलाई सभामुख सानुकुमार श्रेष्ठले शपथ ग्रहण गराएका हुन् ।

वैशाखदेखि रिक्त रहेको अर्थसमितिमा २० जना सदस्यमध्येबाट सिलवाल सभापति चयन भएका हुन् । शिक्षा समितिका १९ जना सदस्यमध्येबाट पोखरेल सभापतिमा चयन भएका हुन् ।

अर्थ समितिका तत्कालीन सभापति सुरेश नेपाल प्रदेश सरकारको मन्त्री बनेसँगै उक्त पद रिक्त रहेको थियो । शिक्षा समितिका सभापति घनश्याम दाहाल वर्तमान सरकारमा सहभागी भएसँगै उक्त पद रिक्त छ ।

प्रकाशित : माघ १७, २०७८ १६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?