कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बैंकिङ कसुरका दोषी पक्राउ

टीकाप्रसाद भट्ट

रामेछाप — बैंकिङ कसुर गरेको अभियोगमा उच्च अदालत पाटनबाट दोषी प्रमाणित भएका रामेछापका तोरणबाबु श्रेष्ठलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । श्रेष्ठलाई उच्च अदालत पाटनले २०७७ साल जेठ २७ गते ४० लाख जरिवाना र १० दिन कैद फैसला सुनाएको थियो ।

अदालतको फैसलापछि फरार रहेका श्रेष्ठ काठमाडौंबाट रामेछाप आउँदै गरेको सूचनाको आधारमा प्रहरीले रामेछापको लुभुबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक नवराज ढुंगानाका अनुसार आफूसँग पैसा छैन, भन्ने जानकारी हुँदाहुँदै श्रेष्ठले पीडितलाई झुक्याउन चेक दिएका थिए ।

४४ वर्षीय श्रेष्ठ रामेछापको सुनापति गाउँपालिका ५ खनियापानीका हुन् । श्रेष्ठलाई मंगलबार नै जिल्ला अदालत रामेछापमा बुझाइएको छ ।

प्रकाशित : माघ ११, २०७८ १६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?