कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कर्मचारी संक्रमित हुन थालेपछि धमाधम बन्द हुँदै स्थानीय तह

केदार शिवाकोटी

दोलखा — कर्मचारीमा कोराना संक्रमण देखिएपछि दोलखाका स्थानीय तहले धमाधम सेवा बन्द गर्न थालेका छन् । कालिञ्चोक गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनालाई सोमबार कोरोना संक्रमण पुष्टि भएपछि पालिकाले अत्यावश्यक बाहेक सबै सेवा बन्द गरेको छ ।

कालिञ्चोकले सोमबारबाट पाँच दिनका लागि पालिकाले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको सूचना जारी गरेको छ । यसअघि तामाकोशी गाउँपालिकाका कर्मचारीमा कोरोना संक्रमण भएपछि कामकाज प्रभावित बनेको छ ।

तामाकोशीले सार्वजनिक सूचना जारी गरेर कर्मचारी संक्रमित भएका कारण अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ । यस्तै सैलुङ गाउँपालिकाका ३ नम्बर वडाध्यक्षसहित १७ कर्मचारीमा कोरोना संक्रमण भएपछि ५ दिनका लागि अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरेको छ ।

जिल्लामा पछिल्लो समय कर्मचारीमा धमाधम कोरोना संक्रमण देखिएको छ ।

परीक्षण गरिएका दुई तिहाइमा कोरोना देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाभर दुई सयको हाराहारीमा कोरोना संक्रमित छन् । ग्रामीण भेगमा कोरोना मिल्दोजुल्दो लक्षणका बिरामी बढे पनि परीक्षणको दायरा भने बढेको छैन ।

सबैजसो संक्रमित होम आइसोलेसनमा बसेको कार्यालयले जनाएको छ ।

प्रकाशित : माघ १०, २०७८ १६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?