कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अनुगमन गर्दा सिटामोल ‘पर्याप्त मौज्दात’

काभ्रे — ज्वरो नियन्त्रणका लागि प्रयोग हुने ‘पारासिटामोल’ जिल्लामा ‘पर्याप्त मौज्दात’ रहेको पाइएको छ ।

अनुगमन गर्दा सिटामोल ‘पर्याप्त मौज्दात’

अभाव भएको गुनासोपछि अनुगमन गर्दा बनेपाका औषधि पसल तथा सप्लायर्समा करिब ८८ हजार ट्याब्लेट सिटामोल मौज्दात पाइएको जिल्ला बजार अनुगमन समितिका संयोजकसमेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारले जानकारी दिए । ‘गुनासोका आधारमा १४ वटा पसल तथा सप्लायर्समा अनुगमन गर्दा पर्याप्त मौज्दात भेटियो,’ उनले भने ।

सुनुवारले ३ वटा संस्थामा मात्रै सिटामोल नपाइएको र तिनमा तुरुन्त आपूर्ति हुने जानकारी आएको बताए । स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. पुरुषोत्तम राज सेढाईंसहितको टोलीले बनेपास्थित क्युरेक्स फर्मास्युटिकल्सको पनि अनुगमन गरेको थियो । उसले कच्चा पदार्थ पर्याप्त भएकाले उत्पादन गरेर बजारमा तत्काल पठाउने बताएको सहायक प्रमुख जिल्ला अधिकारी सुनुवारले जानकारी दिए । मौज्दात रहेको औषधि उपभोक्ताले नपाएको गुनासो आए कानुनबमोजिम कारबाही हुने बताए ।


प्रकाशित : माघ ९, २०७८ २०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?