कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राजमार्गको निर्माणाधीन नालामा अड्केर भाले गैंडा मर्‍यो

चितवन — सडक विस्तारको काम भइरहेको पूर्वपश्चिम महेन्द्रराजमार्गको निर्माणाधीन नालामा खसेर आइतबार एउटा भाले गैंडाको मृत्यु भएको छ ।

राजमार्गको निर्माणाधीन नालामा अड्केर भाले गैंडा मर्‍यो

राजमार्गको भरतपुर गोन्द्राङ खण्डस्थित भरतपुर महानगरपालिका–९ गोन्द्राङ नजिकै ६ लेनको काम धमाधम काम भइरहेको ठाउँमा दुर्लभ वन्यजन्तु गैंडा मरेको हो ।

चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार दिउँसो ३ बजे उक्त घटना भएको थियो ।

गोन्द्राङ नजिक टिकौली बरण्डाभार जंगल छ । बरण्डाभार जंगललाई चितवन निकुञ्जका जनावरहरू चुरे र महाभारत ओहोर दोहोर गर्ने जैविक मार्ग मानिन्छ । टिकौली क्षेत्रमा भने दिउँसै गैंडा र चित्तलका बथान हिँड्ने र चर्ने गर्छन् ।

व्यक्तिगत तवरमा निर्माण कार्य गर्दा गैंडा लगायतका दुर्लभ वन्यजन्तु त्यस्ता संरचनामा परेर मरेमा कानुनी कारवाहीसमेत हुने गरेको छ । घटनाबारे भरतपुरको डिभिजन वन कार्यालयका अधिकारीहरुसहित अनुसन्धान अगाडि बढेको डिएसपी नरहरि अधिकारीले बताए ।

प्रकाशित : माघ ९, २०७८ १६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?