कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुरातात्त्विक महत्त्वका सामग्री चोरीमा संलग्न दुई पक्राउ

काठमाडौँ — पुरातात्त्विक महत्वका सामग्री चोरीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । २०७२ वैशाखको भूकम्पले क्षतिग्रस्त भई निर्माणाधीन केशरमहलभित्रको केशर पुस्तकालयको ठूलो कोठाभित्र संकलन गरी राखिएको पुरातात्त्विक महत्त्वको अस्थायी रुपमा सूचीकृत बाघको टाउको (नम्बर २६), केशर शमशेरको पोशाकमध्येको २ थान तरबार (नम्बर ३४ र ३५) चोरीमा संलग्नलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ ।

पुरातात्त्विक महत्त्वका सामग्री चोरीमा संलग्न दुई पक्राउ

पक्राउ पर्नेहरूमा दाङ तुल्सीपुर उपमहानगर-३ घर भई बसुन्धरा बस्ने १८ वर्षीय सुमन शर्मा र रुकुम पश्चिम मुसिकोट नगरपालिका–११ घर भई केशरमहल बस्ने ३६ वर्षीय वीरबहादुर सुनार छन् ।

उनीहरूले पुरातात्त्विक सामग्री चोरी गरी काठमाडौं महानगर-२६ केशरमहलमा बोरामा राखेर फालेको अवस्थामा प्रहरीले बुधबार फेला पारेको थियो ।

प्रहरीले रातो कलेजी रङको दाप भएको ९३ सेन्टिमिटर (सेमी) लम्बाइ र ३ सेमी चौडाइ भएको सेतो-कालो रङको धातुको बिँड भएको तरबार १ थान, ९८ सेमी लम्बाई र ४ सेमी चौडाइ भएको सेतो हड्डीको जस्तो बिँड भएको तरबार १ थान र टुप्पोदेखि गर्धनसम्मको लम्बाई ३८ सेमी भएको गोलाइ ६७ सेमी भएको ३ केजी तौल भएको बाघकोे टाउको एक थान, मोबाइलन २ थान र बा ४२ प २६९४ नम्बरको स्कुटर बरामद गरेको हो ।

उक्त पुरातात्त्विक सामग्रीको चोरीमा संलग्न गणेश श्रीपाली भन्ने गणेश विश्वकर्मा, दिपेन्द्र भन्ने देवेन्द्र केसी फरार छन् । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त दरबारमार्गमा पठाइएको महाशाखाका प्रवक्ता एसपी कृष्णप्रसाद पंगेनीले बताए ।

प्रकाशित : माघ ६, २०७८ १४:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?