कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मकवानपुरमा ५२ स्वास्थ्यकर्मी संक्रमित

मकवानपुर — मकवानपुरका विभिन्न अस्पताल र स्वास्थ्य संस्थाका गरी मंगलबारसम्म ५२ जना स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । 

बिहीबारयता हेटौंडा अस्पतालका ३६ जना स्वास्थ्यकर्मी सक्रमित भएका छन् । १३ जना मनहरी प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी र ३ जना कैलाश गाउँपालिकास्थित स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी संक्रमित भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

हेटौंडा अस्पतालको ४ चिकित्सक, ११ नर्स, ल्याबलगायतमा कार्यरत १३, प्रशासनिक र कार्यालय सहयोगी ८ जना गरी कुल ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको अध्यक्ष राजेश प्रसाईंले बताए । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रामचन्द्र सापकोटा पनि संक्रमित भएका छन् । मकवानपुरमा संक्रमण दर बढिरहेकाले इमर्जेन्सी भएमा मात्र अस्पताल आउन सेवाग्राहीलाई सूचना जारी गरिएको छ ।

स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ सय ८२ जनामा परीक्षण गरिएकोमा २ सय १६ जनामा पुष्टि भएको छ । मकवानपुरमा संक्रमण दर बढिरहेकाले इमर्जेन्सी भएमा मात्र अस्पताल आउन सेवाग्राहीलाई सूचना जारी गरिएको छ ।

प्रकाशित : माघ ५, २०७८ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?