कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संक्रमण बढेपछि सिन्धुली अस्पतालमा प्रसूतिबाहेकका शल्यक्रिया बन्द

सिन्धुली — सिन्धुली अस्पतालमा कार्यरत पाँच जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि प्रसूति शल्यक्रिया बाहेक शल्यक्रियाका अन्य सबै सेवा बन्द गरिएको छ ।

संक्रमण बढेपछि सिन्धुली अस्पतालमा प्रसूतिबाहेकका शल्यक्रिया बन्द

अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोखरेलका अनुसार संक्रमण रोकथामका लागि अत्यावश्यक बाहेक अन्य शल्यक्रिया बन्द गरिएको हो । साथै अस्पताल प्रवेशमा पनि खोप कार्ड अनिवार्य गरिएको छ ।

अस्पतालले मूल गेटमा नै १८ वर्ष उमेर समूहमाथिका नागरिकलाई कोरोनाविरुद्धको पहिलो र दोस्रो डोज खोप लगाउन पनि सुरु गरिएको छ। पहिलो र दोस्रो डोज खोप सबैले लगाउन् भनेर मूल गेटमै स्वास्थ्यकर्मी खटाइएको पोखरेलले बताए ।

यसका लागि स्वास्थ्य कार्यालयमा खोप पर्याप्त भएको पनि उनले बताए । तर सिन्धुलीमा खोपको बुस्टर डोज मंगलबारसम्म उपलब्ध छैन । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार एक/दुइ दिनभित्र खोप आइपुगेपछि बुस्टर डोज लगाउन सुरु गरिनेछ ।

कार्यालय प्रमुख जितेन्द्र शाहका अनुसार खोपको परिमाण हेरेर कुन समूहलाई सुरुमा खोप लगाउने भन्ने तय हुनेछ । थोरै परिमाणमा खोप आएमा स्वास्थ्यकर्मी लगायत फ्रण्ट लाइनरलाई प्राथमिकतामा राखेर बुस्टर डोज खोप लगाइने बताइएको छ ।

पछिल्लो तीन दिनमा जिल्लाभर ७ महिला र २१ पुरुष गरी २८ जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । उनीहरू सबै होम आइसोलेसनमा बसेर उपचाररत छन् ।

प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले कोरोना संक्रमण नियन्त्रणका लागि कोभिड अस्पताल संचालनको तयारी, खोपको निरन्तरता र परीक्षण सर्वसुलभ बनाइएको बताए । बजारमा देखिएको भीडभाड, राजनीतिक दलका कार्यक्रम, जनस्वास्थ्य मापदण्डलाई पालन नगर्दा पछिल्लो समय कोरोनो संक्रमण बढेको उनको भनाइ छ ।

प्रकाशित : माघ ४, २०७८ १५:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?