कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

त्रिशूली किनारमा गाडी खस्दा चालकसहित ७ जना घाइते

चितवन — चितवनको ईच्छाकामना गाउँपालिका-६ तीन नम्बर पुलस्थित नारायणगढ-मुग्लिङ सडक खण्डबाट त्रिशूली नदी किनारमा गाडी खस्दा ७ जना घाइते भएका छन् ।

त्रिशूली किनारमा गाडी खस्दा चालकसहित ७ जना घाइते

नारायणगढबाट मुग्लिङतर्फ आउँदै गरको बा.१३ च.४३६५ नम्बरको स्कर्पियो शुक्रबार बेलुकी अनियन्त्रित भई दुर्घटनामा परेको हो । सडकबाट पल्टिएर उक्त गाडी करिब ६० मिटर तल त्रिशूली किनारमा पुगेको प्रहरीले जनाएको छ ।

चितवन प्रहरीका अनुसार दुर्घटनामा चालकसहित-७ जना घाइते भएका छन् । उनीहरूको खनाखत हुन बाँकी छ ।

घाइतेहरूलाई उद्धार गरी उपचारका लागि भरतपुर पठाइएको छ ।

प्रकाशित : पुस ३०, २०७८ १९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?