कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अदालत परिसरमै अधिवक्ता कँडेलमाथि दुर्व्यवहार

कृष्ण थापा

नुवाकोट — नुवाकोटको जिल्ला अदालत बार एसोसियसनका निवर्तमान अध्यक्ष एवं अधिवक्ता देवराज कँडेलमाथि दुर्व्यवहार गरिएको छ ।

बेलकोटगढी नगरपालिका-१३ स्थायी घर भई हाल काठमाडौं बस्ने हिता थापाले आफूविरुद्ध बहस गरेको विषयलाई लिएर अधिवक्ता कँडेलमाथि हातपातको प्रयास गरिएको भन्दै नुवाकोट जिल्ला अदालत बार एसोसियसनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बारले अधिवक्ता कँडेलमाथि कुटपिट गर्न खोज्नेप्रति भर्त्सना प्रकट गरेको छ ।

बिहीबार अदालत परिसरमै उनीमाथि गालीगलौजका साथै हातपात नै गर्नपछि बारले विज्ञप्तिमार्फत बहस पैरवी गर्ने कानुन व्यवसायीको कर्तव्य एवं स्वच्छ सुनुवाइको हकप्रति सचेत रहन र आगामी दिनमा त्यस्ता घटनाहरू हुन नदिन सचेत गराउँदै बारले खेद प्रकट गरेको हो ।

प्रकाशित : पुस ३०, २०७८ १४:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?