कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

त्रिशूली अस्पताल तोडफोड

नुवाकोट — चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै आफन्तहरुले त्रिशूलीस्थित जिल्ला अस्पताल तोडफोड गरेका छन् । सोमबार सुत्केरी भएकी विदुर–७ तुप्चेकी २७ वर्षीया सावित्री कोइराला (अर्याल) को उपचारकै क्रममा मृत्यु भएको थियो ।

त्रिशूली अस्पताल तोडफोड

सालनाल नझरेपछि चिकित्सकले उच्च डोजको औषधि प्रयोग गर्दा कोइरालाको मृत्यु भएको आफन्तहरुको आरोप छ । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट दीपेन्द्र पाण्डेले भने बढी रक्तस्राव हुँदा मृत्यु भएको दाबी गरे । ‘लापरबाही गरिएको होइन । जति गर्दा पनि बचाउन सकिएन । मेडिकल कम्प्लिकेसन हो,’ उनले भने । घटनापछि आफन्तले अस्पतालमा तोडफोड गरेको उनको आरोप छ । तर मृतकका बुबा रामचन्द्र कोइरालाले कुनै तोडफोड नगरेको बताए । ‘एक बाबुले यस्तो पनि हुन्छ भनेर टेबुलमा मुड्की बजारेका हुन्,’ उनले भने, ‘हामीले कुनै तोडफोड गरेका छैनौं । त्यतिकै आरोप लगाए ।’

नवजात शिशुको हाल कान्ति अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रकाशित : पुस २७, २०७८ २१:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?