कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

थाहा नगरमा स्थानीय विषय 

हेटौंडा — थाहा नगरपालिकाले आगामी शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू गराउने भएको छ । नगर क्षेत्रका विद्यालयमा पढिरहेका विद्यार्थीलाई आफ्नो ठाउँबारे ज्ञान दिने उद्देश्यले स्थानीय पाठ्यक्रम ‘थाहा ज्ञानमाला’ लागू गर्न लागेको नगर प्रमुख लवशेर विष्टले बताए ।

थाहा नगरमा स्थानीय विषय 

उनका अनुसार दुई चरणमा पाठ्यक्रम लागू गर्ने नगरपालिकाको योजना छ । पहिलो चरणमा नगरका सबै विद्यालयका कक्षा १–५ सम्म ‘थाहा ज्ञानमाला’ को पठनपाठन सुरु हुनेछ भने दोस्रो चरणमा कक्षा ६–८ सम्म पाठ्यक्रम लागू हुनेछ ।

कक्षा १–५ सम्मको पाठ्यक्रम तयार भएर पाठ्यपुस्तक छपाइको अन्तिम तयारी भइरहेको उनले बताए । कक्षा ६–८ पाठ्यक्रममा स्थानीय मौलिक, सामाजिक, सांस्कृतिक, ऐतिहासिक तथा पर्यटकीय महत्त्वका विषयवस्तु, घटना र पात्रलाई समेटिएको छ ।

प्रकाशित : पुस २७, २०७८ १२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?