२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४९

छात्रालाई बलात्कार प्रयास गरेको आरोपमा शिक्षक पक्राउ

टीकाप्रसाद भट्ट

रामेछाप — छात्रालाई निवासमा लगेर जबर्जस्ती करणी प्रयास गरेको अभियोगमा रामेछापको शारदा मावि गेलुका शिक्षक दिनेशकुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार बिहान दुध पुर्‍याएर शिक्षकको निवास नजिकैबाट घर फर्कँदै गरेकी कक्षा ९ मा अध्ययनरत १५ वर्षीया छात्रालाई शिक्षक गुप्ताले परीक्षाको नतिजा हेर्न आफ्नो कोठामा आउन आग्रह गरेका थिए ।

तर छात्राले गुप्ताको कुरा नमानी घर जान लाग्दा शिक्षक गुप्ताले हात समातेर तान्दै आफ्नो कोठमा लगेको र जबर्जस्ती करणी प्रयास गरेको भन्दै उजुरी परेको हो ।

कोठामा पुगेपछि शिक्षकले उत्तरपुस्तिका देखाउने बहानामा बलात्कार प्रयास गरेको छात्राको आरोप छ । शिक्षक गुप्ताबाट उम्केर भागेपछि साथीकहाँ पुगेकी छात्राले आमालाई घटनाबारे बताएपछि प्रहरीसम्म उजुरी पुगेको हो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठका अनुसार बालिकालाई अनैतिक कार्य गर्ने गुप्तालाई जबर्जस्ती करणी गर्ने उद्योगअन्तर्गत मुद्दामा अनुसन्धान गर्नका लागि आइतबार नै पक्राउ गरी हिरासतमा राखिएको छ ।

प्रकाशित : पुस २५, २०७८ २१:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?