१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

सिन्धुपाल्चोक कांग्रेस सभापतिमा दुई उम्मेदवार

सिन्धुपाल्चोक — नेपाली कांग्रेस सिन्धुपाल्चोक सभापतिका लागि संस्थापन र इतरपक्षबाट चुनावी मैदानमा होमिएका उम्मेदवारबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।

सिन्धुपाल्चोक कांग्रेस सभापतिमा दुई उम्मेदवार

जिल्ला सभापति पदका लागि शेरबहादुर देउवा र शेखर कोइराला पक्षबाट क्रमशः क्षेत्र नं. १ का प्रेमध्वज लामा र २ का वंशलाल तामाङ चुनावी मैदानमा उत्रिएका छन् । कांग्रेसले पुस २७ मा जिल्लाको पार्टी अधिवेशन गर्ने सम्पूर्ण तयारीसहित समय पनि तोकिसकेको छ ।

यसअघि तामाङले क्षेत्र नं. २ को महाधिवेशन उम्मेदवारमध्ये सबैभन्दा बढी लोकप्रिय मत ल्याएर महाधिवेशन प्रतिनिधिमा विजयी भएका थिए । क्षेत्र नं. १ मा लामाले पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतपछि धेरै मत ल्याएर जितेका थिए । जिल्ला सभापति लड्ने होडमा शुक्रबार त्रिभुवन विश्वविद्यालयको इतिहास, संस्कृति तथा पुरातत्त्व केन्द्रीय विभागका उपप्राध्यापक रहेका ५३ वर्षीय लामाले विभागलाई राजीनामा पत्र बुझाए । उनी यसअघि नेविसंघ सिन्धुपाल्चोकका सभापति भएका थिए । तामाङ इन्द्रावती गाउँपालिकाका अध्यक्ष र गाउँपालिका राष्ट्रिय महासंघका महासचिव हुन् । उनी जिल्लामा बौद्धिक र काम गर्ने जनप्रतिनिधिका रूपमा चिनिन्छन् । २०३६ सालबाट नेपाल विद्यार्थी संघको इकाइ सभापति भएर राजनीतिक यात्रा सुरु गरेका तामाङ २०४६ देखि २०४८ सालसम्म नेविसंघको जिल्ला अध्यक्ष बनेका थिए ।


प्रकाशित : पुस १७, २०७८ २१:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?