कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३७

बुद्ध जयन्तीकै दिन राजदेवीमा हजारौं पशुबलि

विनय आजाद

सिरहा — लहान नगरपालिका-१५, ढोढनास्थित राजदेवी पञ्चावती मन्दिरमा वैशाख शुक्ल पूर्णिमाको दिन बिहीबार ठूलो मेला लागेको छ ।

बुद्ध जयन्तीकै दिन राजदेवीमा हजारौं पशुबलि

मेला भर्न र भाकल पूरा भएपछि मन्दिरमा पशु, पंक्षी बलि दिन सिरहा, सप्तरी, उदयपुर, धनुषालगायत मधेश क्षेत्रका विभिन्न जिल्ला र भारतको विहारबाट आएका हजारौं तीर्थालुहरुको भीड लागेको छ ।

लहान बजारदेखि ९ किलोमिटर उत्तरमा ३ विगाहा क्षेत्रफलमा फैलिएको जंगलमा अवस्थित राजदेवी मन्दिरमा वैशाख शुक्ल पूर्णिमाको दिन सन्तानप्राप्ति, रोग विनाश, कार्य सफलताका लागि भक्तजनहरुले हजारौंको संख्यामा बोका, पाठी, हाँस, परेवा र कुखुरा बलि दिएका छन् ।

पुरुषले भाकल गर्दा बोका र महिलाले मन्दिरमा पाठी बलि दिने चलन छ। गढिमाई मन्दिरपछि दोस्रो बलि दिने स्थान यसै मन्दिरलाई मानिन्छ । संयोगवश शान्तिको सन्देशसहित मुलुकभर मनाइने बुद्ध जयन्ती र वैशाख शुक्ल पूर्णिमा एकैदिन परिदिन्छ ।

बुद्ध जयन्तीको दिन काटमार गर्न नहुने जानकारी भएपनि राजदेवी माताले त्यसदिन मात्र बलि लिने भएकाले सोही दिन बलि दिने बाध्यता रहेकोे मेला समितिको भनाइ छ ।

स्थानीयका अनुसार, अहिले मन्दिर रहेको क्षेत्रमा कुनै समय घना जंगल थियो । आसपासका क्षेत्रमा जंगली जनावरहरुले दु:ख दिन थालेपछि धामीलाई देवीले सपनामा सो क्षेत्रमा मन्दिर स्थापना गरी पूणिर्माको दिन बलि दिन भनेअनुसार यहाँ बलि दिने परम्परा रहेको पौराणिक किंवदन्ती छ ।

प्रकाशित : जेष्ठ १०, २०८१ १९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?