मधेशमा नेकपा एसकी लुङ्गेलीलाई श्रम तथा यातायात मन्त्रालय
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
जनकपुर — मधेश सरकारकी मन्त्री वेची लुङ्गेलीले श्रम तथा यातायत मन्त्रालयको जिम्मेवारी पाएकी छन् । उनले बिहीबारै मन्त्रालय पुगेर कार्यभार समेत सम्हालेकी छन् ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![मधेशमा नेकपा एसकी लुङ्गेलीलाई श्रम तथा यातायात मन्त्रालय](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/miscellaneous/lungeli-1-2542024112501-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
मुख्यमन्त्री सरोजकुमार यादवले आठ दिनअघि नेकपा एकीकृत समाजवादीकी सांसद लुङ्गेलीलाई विना बिभागीय मन्त्री बनाएका थिए । गठबन्धनमा भएको छलफल र सहमतिबमोजिम बिहीबार उनलाई श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको हो ।
मन्त्रालयको कार्यभार सम्हाल्दै मन्त्री लुङ्गेलीले बैदेशिक रोजगारमा ठूलो संख्यामा मधेशका मानिस जाने गरेकाले त्यसलाई व्यवस्थित, सुरक्षित र सीपमुलक दक्षता बृद्धिमा आफ्नो ध्यान रहने बताइन् । मन्त्री लुङ्गेलीलाई मन्त्रालयका सचिव सुरेन्द्र पौडेलले स्वागत गरेका थिए ।
लुङ्गेलीले श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएसँगै नेकपा एकीकृत समाजवादीले मधेश प्रदेश सरकारमा पाएको मन्त्रालयको संख्या दुई पुगेको छ । यसअघि सो पार्टीका दलका नेता गोविन्द न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भइसकेका छन् ।
माओवादी केन्द्रबाट ८ दिनअघि नै विना बिभागिय मन्त्रीमा नियुक्त भएका भरतप्रसाद साहलाई भने अझै मन्त्रालयको जिम्मा दिइएको छैन । मुख्यमन्त्री यादवले आफूसँगै रहेको वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी साहलाई दिन तयार रहेपनि उनी भने अर्थ मन्त्रालय पाउनुपर्ने अडानमा छन् । हाल जसपाका सञ्जयकुमार यादव अर्थमन्त्री छन् ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)