२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

मधेसमा भर्ना अभियान : सांसद थापाले लिइन् ३ बच्चाको अभिभावकत्व

सुनिता बराल

महोत्तरी — 'सबै बालबालिकाको विधालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता' भन्ने नारासहित देशव्यापीरुपमा भर्ना अभियान चलिरहेको छ ।
मधेशमा पनि विद्यार्थी भर्ना अभियान सुरु भएको छ । विद्यालयहरु विद्यार्थी खोज्दै घर-घर पुगिरहेका छन् ।

मधेसमा भर्ना अभियान : सांसद थापाले लिइन् ३ बच्चाको अभिभावकत्व

भर्ना अभियान अन्तर्गत बर्दिवास-४ स्थित श्री माध्यामिक विधालयले यो शैक्षिक सत्रमा २ सय ५० विद्यार्थी भर्ना गर्ने लक्ष्यसहित घरदैलो अभियान थालेको प्रधानाध्यापक नवराज दाहालले बताए ।

विद्यालय क्षेत्रभित्र विपन्न र दलितको बसोबास बढी रहेकाले अझैपनि धेरै बालबालिका विद्यालयबाहिर रहेकाले घरदैलो अभियाननै सुरु गरेको उनले बताए । उनकाअनुसार विद्यालयमा ६० प्रतिशत छात्रा र ४० प्रतिशत छात्र रहेका र बिघालयमा अहिले ५ सय ५० बिद्यार्थी अध्ययन गरिरहेका छन् ।

सोमबार विद्यालयले सुरु गरेको घरदैलो अभियानमा बर्दिवास-४ का ६ वर्षका प्रबास दाहालसहित करिव १५ विधार्थी भर्ना भएका छन् । विद्यालयमा बालबालिकालाई टिकाउनु चुनौती रहेको भन्दै भर्ना गरेर मात्रै अभियान सफल भएको मान्न नसकिने मधेस प्रदेश सांसद सारदादेवी थापाले बताइन्।

उनले सो विद्यालयमा नयाँ भर्ना हुन आएका विद्यालयहरुलाई स्वागत गर्दै भर्ना हुन आएकामध्ये विपन्न परिवारका एक बच्चाको अभिभावकत्व आफूले लिने प्रतिबद्धता जनाइन् । उनले यसअघि नै दुई जना बच्चाको अभिभावकत्व लिइसकेकी छिन् । विद्यालय पठाउन अभिभावक र दिनको ६ घण्टा विद्यालयमा टिकाउन शिक्षकले महत्त्वपूर्ण भुमिका निर्वाह गर्न उनले आग्रह समेत गरिन् ।

सांसद थापाले भंगाहा-५ राजपुर प्राविकी लक्ष्मी सडदार र बर्दिवास-२ स्थित जनता माविकी रोशनी सदाको अभिभावकत्व ग्रहण गरेकी छिन् ।विद्यालयले दिनेबाहेक पढाईमा लाग्ने अन्य खर्च र पढाइमा प्रोत्साहन गर्न अतिरिक्त खर्च २ बालिकाको आफैंले दिने गरेको र अब थप एक बालबालिकाको अभिभावकत्व लिन आफू तयार रहेको उनले बताइन् ।

प्रकाशित : वैशाख ३, २०८१ १६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?