२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७८

'मष्ट वान्टेड' सुचीमा रहेका कर्तव्य ज्यान मुद्दाका आरोपित पक्राउ

शिव पुरी

रौतहट — रौतहट प्रहरीले १० महिनादेखि फरार रहेका कर्तव्य ज्यान मुद्दाका एक अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीले देवाही गोनाही नगरपालिका-१ घर भएका ५२ वर्षीय शेख नुरुल्लाहलाई आइतबार पक्राउ गरेको हो । 

'मष्ट वान्टेड' सुचीमा रहेका कर्तव्य ज्यान मुद्दाका आरोपित पक्राउ

उनी पूर्वजनप्रतिनिधि समेत हुन् । मन्दिरका पुजारी र अर्का बृद्धको हत्याको योजनाकारका रुपमा रहेका उनलाई आइतबार पक्राउ गरिएको डिएसपी एलिजा गिरीले जानकारी दिइन् ।

'अपराध गरेर भारत लुक्दै आएका नुरुल्लाह नेपाल आएको सुचना पाएका थियौँ । बिहान राति २ बजे उनलाई पक्राउ गरिएको हो,' डिएसपी गिरीले भनिन्, 'उनी प्रहरीको सर्वाधिक खोजीको सुचीमा थिए । हामीले त्यही अनुसार उनीमाथि खोजतलास र निगरानी बढाउँदै आएका थियौँ ।’

देवाही गोनाही नगरपालिका–१ करुनिया स्थित सडकमा ७८ वर्षिय शेख तैयबलाई सोही गाउँका शेख सेराज समेतले गोली हानी हत्या गरेको आरोपमा २०८० पुस १६ गते घटनाका योजनाकार नुरुल्लाह सहितलाई जिल्ला अदालतले पक्राउ पुर्जीको आदेश दिएको थियो । घटना लगत्तै नुरुल्लाह भारत लुक्दै आएको प्रहरीको भनाई छ ।

खोजतलासकै क्रममा नुरुल्लाह नेपाल आएको प्रहरीले राति नै सुचना पाएको थियो । भारतीय सिमामा पर्ने राजदेवी नगरपालिका–८ बेलबिछुवा चोकमा शंकास्पद रुपमा हिडिरहेको अवस्थामा नुरुल्लाहलाई पक्राउ गरिएको डिएसपी गिरीले जानकारी दिइन् । घटनामा सलग्न स्थानीय शेख शेराज र भारतीय नागरिक राकेश कुमारलाई प्रहरीले तत्कालै पक्राउ गरी कर्तव्य ज्यान मुद्धा चलाएको थियो । उनीहरु दुबै पुर्पक्षको आदेशमा कारागारमा छन् । मुख्य योजनाकार नुरुल्लाह र उनका भाइ खलिउल्लाह फरार थिए ।

हत्याको मुख्य योजनाकार नुरुल्लाह नै रहेको जिल्ला प्रहरी प्रमुख एसपी दिलिप घिमिरेले जानकारी दिए । ‘नुरुल्लाहको पृष्ठभूमि हेर्दा क्रिमिनल प्रवृत्तिको पाइयो,‘ उनले भने, ‘जिल्लामा कहाँ र कुन/कुन घटनामा सलग्न छन् भन्ने अनुसन्धान सुरु गरेका छौँ ।’

२०७७ साल भदौ ३ गते राति ९ बजे माधवनारायण नगरपालिका–२ खेसरहिया बजारस्थित हनुमान मन्दिरका ६५ वर्षीय पुजारी श्रीराम साहको हत्या नुरुल्लाहले नै गरेको प्रहरीको दाबी छ । मन्दिर परिसरमै खाना खाँदै गरेका पूजारी साहको देव्रे कन्चटमा गोली हानी हत्या गरेका थिए ।

घटनाको बेला नुरुल्लाह वडाअध्यक्ष थिए । घटनापछि उनी फरार भए । २०७८ साउन २२ गते दिउसो १ बजे नाटकीय शैलीमा नुरुल्लाह रौतहट जिल्ला अदालतमा उपस्थित भए । अदालतका न्यायाधीश श्यामविहारी मौर्यको एकल इजलाशले उनलाई २ लाख धरौटीमा रिहा गरिदिए । पुजारी हत्यामा प्रहरीले स्थानीय रामनरेश पटेल र बाल कुमार पटेल र नुरुल्लाह सहित ७ जना विरुद्ध मुद्धा दायर गरेको थियो ।

रामनरेश र बाल कुमार पुर्पक्षका लागि गौर कारागारमा छन् ।

प्रकाशित : वैशाख २, २०८१ १८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?