कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२२

संस्कृति जगेर्ना गर्न भाषा कक्षा

सुनिता बराल

महोत्तरी — नेवा राष्ट्रिय संगठन नेवा देय् दबूले भाषा कला र संस्कृति जगेर्ना गर्ने अभियान थालेको छ । अभियानअन्तर्गत महोत्तरीमा १५ दिने भाषा तथा बाजा कक्षा सुरु गरेको बर्दिवासका अध्यक्ष उत्तमकुमार श्रेष्ठले जानकारी दिए । 

संस्कृति जगेर्ना गर्न भाषा कक्षा

नेवार भाषा र बाजालाई मधेसमा पनि विस्तार गर्न तालिम आयोजना गरिएको श्रेष्ठले बताए । १५ दिने प्रशिक्षणकी प्रशिक्षक अम्बिका श्रेष्ठले दैनिक दुई समयमा ३० जना व्यक्तिलाई भाषा तथा बाजा प्रशिक्षण दिइरहेकी छिन् ।

विभिन्न नेवारी बाजा र नेवारी भाषा तालिम लिन वृद्धदेखि बच्चासम्मले चासो देखाएका नेवा राष्ट्रिय संगठनले जनाएको छ । यस्ता तालिम नेवारको कला, संस्कृति, भाषा र बाजा लोप हुँदै गएका स्थानमा प्राथमिकतासहित संगठनले आयोजना गरेको श्रेष्ठको भनाइ छ ।

प्रकाशित : चैत्र ३०, २०८० १६:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?