कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

सर्लाहीको वाग्मतीमा एक वृद्धाको हत्या 

सर्लाही — सर्लाहीको वाग्मती नगरपालिकामा मंगलबार साँझ एक वृद्धाको हत्या भएको छ । वाग्मती नगरपालिका-४ स्थित जिरायतका बैजु महतोको ७० वर्षीया श्रीमती पार्वती महतोको हत्या भएको हो । मंगलबार साँझ सवा ६ बजे आफ्नै घरमा हत्या भएको अवस्थामा पार्वतीको शव फेला परेको प्रहरीले जनाएको छ ।

हत्यामा संलग्न भएको आरोपमा बुधबार बिहान स्थानीय एक युवकलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक दयानिधि ज्ञवाली जानकारी दिए । उनका अनुसार हत्या घटनाबारे विस्तृत विवरण भने एकीन हुन बाँकी छ । मृतकको अनुहारमा चोट देखिएको तथा शव नजिकै रगत लागेको काठको टुक्रा समेत प्रहरीले बरामद गरेको छ ।

प्रकाशित : चैत्र २१, २०८० १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×