कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

बारामा बस पल्टिँदा २३ जना घाइते

लक्ष्मी साह

बारा — हेटौंडा–पथलैया सडक खण्डको अमलेखगन्जस्थित ३ नम्बर पुल नजिक यात्रुबाहक बस मंगलबार पल्टिँदा २३ जना घाइते भएका छन् । बसमा सवार ठेगाना खुल्न नसकेकी निसु खड्काको अवस्था गम्भीर रहेको सिमरा इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए ।

खड्कालाई थप उपचारका लागि भरतपुर पठाउने तयारी भइरहेको उनले बताए ।

१८ जनाको हेटौंडा सरकारी अस्पताल र ५ जनाको अमलेखगन्जमै उपचार भइरहेको छ । चितवनबाट जनकपुरतर्फ जाँदै गरेको ना६ख ९०३० नम्बरको बस अनियन्त्रित भई सडकबाट ३० फिट तल खस्दा दुर्घटना भएको हो ।


प्रकाशित : फाल्गुन २२, २०८० १७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×