कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

मृत बघिनीको मासु पोष्टमार्टमका लागि पर्सा निकुन्ज लगियो 

शंकर आचार्य

पर्सा — सखुवाप्रसौनी गाउँपालिका-२ रामभौरी टोलमा शनिबार मृत फेला परेको बघिनीको पोष्टमार्टमका लागि मासुको नमुना संकलन गरी पर्सा राष्ट्रिय निकुन्जको चिकित्सक टोलीले लगेको छ ।

मृत बघिनीको मासु पोष्टमार्टमका लागि पर्सा निकुन्ज लगियो 

डिविजन वन कार्यालय पर्साका प्रमुख हेमन्त प्रसाद साहका अनुसार निकुन्जबाट आएको चिकित्सक सहितको टोलीले आइतबार पोष्टमार्टमका लागि बघिनीको मासुको नमुना संकलन गरी लगेको हो । पोष्टमार्टमको रिपोर्ट आउन केही दिन लाग्नसक्ने उनले बताए ।

पोष्टमार्टम पछि बघिनीलाई सखुवाप्रसौनी गाउँपालिकामै गाडिएको साहले बताए । ‘बघिनीको सिनो गन्हाउन थालिसकेको थियो, सबै कानूनी प्रकृया पुरा गरी गाडेका हौं,’ उनले भने, ‘बयस्क बघिनी बिरामी रहेको प्रारम्भिक अनुमान छ ।’

मृत बघिनी रामभौरी टोलभन्दा ३ सय मिटर पूर्व दिपनारायण आदर्श माविको खाली खेतमा फेला परेको थियो । स्थानीयले मृत बघिनी देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

यसैबीच पटेवासुगौली गाउँपालिकामा करिब एक महिनादेखि स्थानीयलाई आक्रमण गरी घाइते बनाइरहेको अर्को बाघलाई नियन्त्रणमा लिन चितवन राष्ट्रिय निकुन्जको एउटा प्राविधिक टोली आइतबार आउन लागेको साहले जानकारी दिए ।

‘लामो समय देखि पटेर्वासुगौली गाउँपालिका-२ मा राष्ट्रिय वन नजिक रहेको मानव बस्ती छेउछाउ स्थानीयलाई आक्रमण गरी घाइते बनाइरहेको उक्त बाघलाई नियन्त्रणमा लिन स्थानीयबाट पनि चर्को दबाब आइरहेको छ,’ उनले भने, ‘टोलीले क्यामेरा ट्रयाप, डार्ट आदि गरेर पनि उक्त बाघलाई नियन्त्रणमा लिने प्रयास गर्ने छ ।’

उक्त बाघलाई नियन्त्रणमा लिनका लागि वन्यजन्तु बिभागलाई पत्राचार गरिएको र बिभागकै निर्देशनमा चितवनबाट उक्त टोली आउन लागेको साहले बताए ।

प्रकाशित : फाल्गुन २०, २०८० १७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×