२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७५

तस्करले भारत लैजाने तयारी गरेका चौपाया बरामद 

शिव पुरी

रौतहट — गौर नगरपालिकाको महादेवपट्टि नाका हुँदै सीमावर्ती भारत तस्करी गर्न लागेका १७ वटा गाई, गोरु र बाछी प्रहरीले बुधबार बेवारिसे अवस्थामा फेला पारेको छ । केही दिनदेखि भारततिर पशु तस्कर गर्न लागेको सुचना पाएपछि प्रहरीले पिछा गर्ने क्रममा फेला पारेको हो ।

तस्करले भारत लैजाने तयारी गरेका चौपाया बरामद 

पशु लैजाने समुह भने फरार भएको प्रहरीले जनाएको छ । गौर नगरपालिका–२ महादेवपट्टि नाका हुँदै भारततर्फ गाईगोरु र बाछी लैजान लागेको सुचना पाएपछि प्रहरीको टोली पुगेको थियो ।

त्यसै क्रममा पशु लैजाने समुह भागेको प्रहरीले जनायो । जिल्ला प्रहरीका अनुसार भारत तिर लैजान लागेको गाई १० वटा, गोरु १ र ६ वटा बाछी फेला पारेको हो । जिल्ला प्रहरीका डिएसपी एलीजा गिरीले बरामद गरिएका पशु आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालयमा बुझाएको जानकारी दिइन्।

‘अबैध रुपमा गाई गोरु भारत लैजाने समुहको पहिचान गर्न लागेका छौँ,‘ उनलेभनिन, ‘खुला सिमानाको फाइदा उठाउँदै केही समुहले पशु भारततर्फ लैजाने प्रयास गरिरहेका छन् । हामी रोकिरहेका छौँ ।’

प्रकाशित : पुस २५, २०८० २१:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?