कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२९

राजस्व अनुसन्धान टोलीमाथि मिर्चैयामा ढुंगामुढा

अवधेशकुमार झा

राजविराज — अनुसन्धानका नाममा व्यापारीलाई पटक-पटक दु:ख दिएको भन्दै राजस्व अनुसन्धान कार्यालय इटहरीबाट खटिएको टोलीलाई सिरहाको मिर्चैयामा स्थानीयले ढुंगामुढा गरेका छन् । एउटा व्यापारीको गोदाममा गएको टोलीमाथि मंगलबार ढुंगामुढा भएको हो ।

राजस्व अनुसन्धान टोलीमाथि मिर्चैयामा ढुंगामुढा

स्थिति नियन्त्रणमा लिएर प्रहरीले सुरक्षा दिँदै टोलीलाई मिर्चैयाबाट पठाएको छ । राजस्व अनुसन्धान कार्यालयको टोलीले गरिरहेको अनुसन्धानको विरोध गर्दै स्थानीय बासिन्दाले पूर्वपश्चिम राजमार्गमा सिरहा-मिर्चैया खण्ड मंगलबार दिउँसो करिब एक घण्टा आवागमन अवरुद्ध गरेका छन् ।

असोज ४ मा टोलीले मिर्चैया-५ संस्था चौकस्थित मुरारी साहको पसलमा छापा मार्दै बहीखाता, बिल भौचर सहितका कागजपत्र नियन्त्रणमा लिएको थियो । अनुसन्धानमा साहको पसलको स्टोरमा भ्याट बिलभन्दा बाहेकका सामान पनि फेला परेको थियो । उक्त सामान नियन्त्रणमा लिनका लागि टोली मंगलबार आएको थियो ।

राजस्व अनुसन्धान टोलीले साहको पसलबाट सामान नियन्त्रणमा लिएपछि व्यापारी र स्थानीय बासिन्दाले हातपातको प्रयास गरेका थिए । टोलीलाई सुरक्षा दिएर मिर्चैयाबाट पठाएको जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी रवीन्द्रराज पाण्डेले बताए ।

राजस्व अनुसन्धान टोलीले पटक-पटक एउटै व्यापारीको पसलमा अनुसन्धानको नाममा दु:ख दिएको भन्दै स्थानीयले पूर्वपश्चिम राजमार्गको मिर्चैया खण्डमा टायर बालेर विरोध गरेका थिए । सम्झाइबुझाइ राजमार्गमा आवागमन सहज बनाइएको डीएसपी पाण्डेले बताए ।

प्रकाशित : आश्विन २३, २०८० १७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?