सर्लाहीको औरहीमा छतबाट खसेर युवकको मृत्यु


सर्लाही — सर्लाहीको औरहीमा आफ्नै घरको छतबाट खसेर युवकको मृत्यु भएको छ ।

चक्रघट्टा गाउँपालिका–८ औरहीका ३० वर्षीय मुकेश महतोको छतबाट खसेर ज्यान गएको हो । आइतबार राती आफ्नै घरको छतमा पुगेका महतो खसेर सख्त घाइते भएपछि उपचारका लागि आफन्तले सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पताल पुर्याएका थिए । महतोको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रकाशित : आश्विन १, २०८० १०:२०