कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१४

सहकार्य टुटेपछि कांग्रेसले अनावश्यक बखेडा झिक्यो : प्रधानमन्त्री दाहाल

विराटनगर — प्रधानमन्त्री पुष्पकमल दाहालले सहकार्य टुटेपछि रवि लामिछानेको विषयमा कांग्रेसले अनावश्यक बखेडा झिकेको दाबी गरेका छन् ।

सहकार्य टुटेपछि कांग्रेसले अनावश्यक बखेडा झिक्यो : प्रधानमन्त्री दाहाल

पार्टी कामका सिलसिलामा बिहीबार कोशी प्रदेशको राजधानी विराटनगर आएका उनले विमानस्थलमा संचारकर्मीसँग भने, ‘कांग्रेस सरकारमा रहँदा मुद्दा सामान्य थियो, अहिले गठबन्धन भत्किएपछि रविजीलाई केन्द्रमा राखेर समस्या सिर्जना गर्नु राजीनितिक पूर्वाग्रह हो ।’

प्रतिनिधिसभामा केही दिनयता देखिएको गतिरोध चाँडै अन्त्य हुने विश्वास व्यक्त गर्दै दाहालले थपे, ‘गतिरोध टुंग्याउन राजनीतिक तहमा संवाद सुरु भएको र चाँडै निकास निस्किन्छ ।’

प्रधानमन्त्रीले देशैभरि सहकारीको समस्या उत्पन्न भएको भन्दै सहकारीसँग सम्बन्धित मुद्दा र रवि लामिछानेको विषयको मुद्दाबारे अलग-अलग अध्ययन गरी समस्या समाधान गरिने दाबी गरे ।

प्रकाशित : चैत्र २९, २०८० १९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?