२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०८

उपाध्यक्षको बाबुको निधनमा गाउँपालिकामा शोक बिदा 

आनन्द गौतम

ताप्लेजुङ — आठराई त्रिवेणी गाउँपालिकाले उपाध्यक्षका पिताको निधनमा एक दिन शोक बिदा दिएको छ । गाउँपालिका उपाध्यक्ष शान्ताकुमारी आङबोहाङका पिता दिलबहादुर आङबोहाङको मंगलवार बेलुका निधन भएको थियो । 

उपाध्यक्षको बाबुको निधनमा गाउँपालिकामा शोक बिदा 

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विक्रम गुरुङले बुधबारका लागि शोक बिदाको सूचना जारी गरेका हुन् ।

दिलबहादुर अन्त्येष्टि बुधबार दिउँसो तमोर नदी किनार सोभुवाखोला घाटमा गरिने परिवारले बताएका छन्।

गाउँपालिकाको सूचनामा पालिका कार्यालय, वडा कार्यालय, विद्यालय, आकस्मिक बाहेक स्वास्थ्य कार्यालयबाट सेवा प्रवाह नहुने र शोक बिदा दिएको उल्लेख छ ।

प्रकाशित : आश्विन १०, २०८० १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?